December 5, 2021

Himal News

Nepali News Portal

नेपाल बन्दको पुर्व सन्ध्यामा तुलसीपुरमा सिटि जुलुस

राजेश वली तुलसीपुर, २९ कार्तिक – नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले भोलि (मंगलबार) नेपाल बन्दको आयोजना गरेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत सामानमा सरकारले गरेको मूल्यवृद्धि बिरुद्द नेपाल बन्दको आयोजना गरेको हो ।
बन्दमा सहयोग गर्न महँगीको मारमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थलापरेका सबै पक्षलाई आह्वान गरेको छ । नेकपाले आइतबार उद्योगी, व्यवसायी, पेसाकर्मीका साथै सोमबार सञ्चारकर्मीहरूलाई पनि बन्दमा साथ दिन आह्वान गरेको हो ।


यसै क्रममा नेकपाले नेपाल बन्दको पूर्वसन्ध्यामा पूर्वघोषित कार्यक्रमअनुसार आज देशव्यापी सिटी जुलुस निकालेको छ । दाङको तुलसीपुरमा आयोजि जुलुस बिरेन्द्र चोकबाट सुरु भएर बिपी चोक हुँदै जेसिजमा कोणसभामा परिणत भएको थियो ।


अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय वली लगायतका स्थानिय नेताले सभालाई सम्बोधन गरेका थिए भने सहजीकरण अखिल नेपाल किसान महासंघ क्रान्तिकारी दाङका संयोजक पोसन बस्नेत गरेका थिए ।
केहिदिन अघि महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए ।
बन्दमा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, कानुनव्यवसायी (आन्दोलन जारी रहेका कारण), कूटनीतिक नियोग र फोहोर बोक्ने बाहेक सबै गाडी बन्द हुने नेकपाले जनाएको छ ।

 

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्