December 5, 2021

Himal News

Nepali News Portal

प्रेस सेन्टर नेपाल तुलसीपुर नगर भेला सम्पन्न, अध्यक्षमा बस्नेत चयन

राजेश वली, तुलसीपुर – प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाले आफ्नो प्रथम भेला तुलसीपुरमा सम्पन्न गरेको छ ।

सहिद पत्रकार कृष्ण सेन इच्छुकलाई माल्यारोपन गरेर सुरुवात गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रम्मा तत्कालीन क्रान्तिकारी पत्रकार संघका सस्थापक केन्द्रिय सदस्य तथा बर्तमान केन्द्रिय सदस्य अजयदीप शर्माले सबै पार्टिले गरिरहेका संगठन विस्तार गर्ने क्रममा प्रेस सेन्टरले त्यस्लाई क्रमागत गरेको बताउनुभयो । पत्रकार शर्माले हामी पत्रकारलाई नचाहदा नचाहदै भुमीगत हुन बाध्य बनाईयो, हामी पत्रकारकै आडमा देशले प्राप्त गरेका उपलब्धि भुल्न नहुने भन्दै हाम्रा उपलब्धिलाई बचाउन सबै पत्रकारलाई अनुरोध समेत गर्नुभयो । गणतन्त्र, लोकतन्त्र सस्थागत हुन नसक्दै संविधानलाई रक्षा गर्ने चुनैती बढेको भन्दै अब पत्रकारको भुमीकालाई अझ आबश्यकता महसुस भएको  शर्माले औल्याउनु भयो ।

यसैबीच प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाले दामोदर बस्नेत राकेशको अध्यक्षतामा सदस्यीय नगर कमिटी गठन गरेको छ । जस्को उपाध्यक्षमा दीपक बोहरा, सचीवमा बिकास डागी, सह-सचिवमा सुमन केसी, कोषाध्यक्षमा भागवत भट्टराईलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा राजेश वली, देवराज कडेल, मदन विक, नन्दनी रोका, ईश्वर बिसी, झरना केसी, गोपाल गिरी र विशाल परियार रहनु भएको छ ।

कार्यक्रमलाई माओवादी केन्द्र तुलसीपुर ५ का वडा अध्यक्ष बेदप्रसाद वली, तुलसीपुर उपमाहानगरका कार्यपालिका सदस्य अमर नेपाली, चलचित्र पत्रका संघका अध्यक्ष शिव पुन, जनपत्रकार संघ दाङ शाखा अध्यक्ष हेमन्तप्रकाश वली, प्रेस चौतारी दाङ शाखाका सचीव प्रेमवहादुर राम्जा, रिपोर्टस क्लब तुलसीपुरका अध्यक्ष शरद रेग्मी, मानवाधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष सुशील बस्नेत, माओवादी केन्द्र लुम्बिनी प्रदेश का निवार्चन संयोजक रामसरण चौधरीले सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

त्यस्तै प्रेस सेन्टर दाङका सचीव जनक नेपाली, अध्यक्ष पाण्डव शर्मा, सेन्टरका केन्द्रिय सदस्य भुपेन्द्र वली, निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य प्रकाश चौधरी, सेन्टरका दाङ जिल्ला इन्चार्ज पुरन चौधरी, पत्रकार महासंघका केन्द्रिय पार्सद नरेन्द्र केसीले बोल्नु भएको थियो ।

माओवादी केन्द्र तुलसीपुर नगरका अध्यक्ष खुसीराम चौधरी, अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष सेसुराम भण्डारी, माओवादी केन्द्र तुलसीपुरका इन्चार्ज रामबहादुर दहित लगायतले बोल्नुभएको थियो ।

प्रेस सेन्टर नेपाल तुलसीपुरका संयोजक दामोदर बस्नेत राकेसको अध्यक्ष तथा प्रेस सेन्टर नेपाल दाङ शाखाकी उपाध्यक्ष अनिता पोख्रेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर दाङका सह-सचीव दीपक बोहोराले गर्नु भएको थियो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्