July 1, 2022

Himal News

Nepali News Portal

प्रेस सेन्टर तुलसीपुर नगरको पहिलो बैठक सम्पन्न

दाङ । प्रेस सेन्टर नेपाल तुलसीपुर नगर शाखाको पहिलो पूर्ण बैठक शुक्रबार सम्पन्न भएको छ । शाखाका अध्यक्ष राकेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेशका सचिव तथा राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्मा ‘अपार’ले समाज परिवर्तनमा पत्रकारहरूको भूमिका मुख्य हुने भएकाले राम्रोसँग काम गर्न आग्रह गरे ।

उनले तुलसीपुर शाखालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । देशमै पहिलो पालिकामा प्रेस सेन्टरको शाखा गठन भएको भन्दै उनले उत्कृष्ट रुपमा काम गर्न आग्रह गरे । त्यस्तै उनले पार्टीले गरेका राम्रा कामहरूको प्रचार गर्न समेत आग्रह गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार तथा किसान संघका केन्द्रीय उपाध्यक्ष शेषुराम भण्डारी, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका सदस्य शालिकराम मुसाफिर लगायतले बोलेका थिए, भने पार्टीका जिल्ला सदस्य यज्ञ बहादुर केसी, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली ‘माइकल’ प्रेस सेन्टर नेपाल दाङ शाखाकी उपाध्यक्ष अनिता पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै बैठकले विभिन्न निर्णय समेत गरेको शाखाका सचिव विकास डाँगीले जानकारी दिए । उनकाअनुसार पहिलो बैठकले शाखाको सल्लाहकारहरूलाई चयन गरेको छ । जसमा शालिकराम मुसाफिर, शरण जिएम, शंकर भट्टराई, श्रीधर भावुक रहेका छन् । त्यस्तै आर्थिक तथा तालिम विभाग पनि गठन गरिएको छ ।

शाखाका उपाध्यक्ष दीपक बोहराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव विकास डाँगीले गरेका थिए ।

साभारः– प्रदेश पत्र

 

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्