January 16, 2022

Himal News

Nepali News Portal

माओवादी केन्द्र तुलसीपुरको सम्मेलन सपन्न, कमिटि चयन भने भोली आईतवार

मंसिर ११, तुलसीपुर – नेकपा माओवादी केन्द्रले आज देशैभरी एकैसाथ पालिकाहरुमा दोस्रो सम्मेलन सम्पन्न गरेको छ । यसै क्रममा माओवादी केन्द्र तुलसीपुरले पनि आफ्नो दोस्रो नगर सम्मेलन सफलता पुर्वक सपन्न गरेको हो ।

नगर अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य जगप्रसाद शर्मा अपारको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनलाई सोम्बोधन गर्दै सदस्य शर्माले माओवादी पार्टीले सारेका नीति तथा कार्यक्रम देशमा लागू भैरहँदा माओवादीकै संगठन र आम कार्यक्रता खुम्चिनु दुखद कुरा भएको उल्लेख्य गर्नुभयो । अब पार्टीलाई धरातलमा उभाएर मात्र पार्टीले जीवन पाउने भएको भन्दै कुनै पनि नेतृत्व वा पदमा रहने नेताले पदिय मर्यादा पार गर्न नहुने तर्फ सबैलाई ध्यानाकर्षण समेत गराउनु भएको थियो ।


सदस्य शर्माले यहि सम्मेलनबाट अब नयाँ अध्यायको सुरु गरेर पार्टिले आफै भित्र युद्ध जितेर मात्र बाहिरी युद्ध जित्न सफल हुने भएकाले आफ्नो पहिचान र पृष्ठभुमि नभुलेर अगाडि बढ्न आम कार्यक्रतालाई निर्देशन दिनु भयो । साथै नेपालका कुनै पार्टिले नगरेको समाबेसीको अबधारणा कुनै पनि हाल्तमा कार्यान्वयन गरेरमात्र नयाँ नेतृत्व निर्माण गरेर अघि बढ्न आग्रह गर्नुभएको छ ।


सम्मेलनलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश निर्वाचन कमिटीका संयोजक रामशरण चौधरी, माओवादी केन्द्र लुम्बिनी प्रदेश कमीटी सदस्य रामबहादुर चौधरी दहित, माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समितिका सदस्य सेशुराम भण्डारीलगायत नेताले सम्बोधन गर्नु भएको थियो ।
सम्मेलनबाट सहिद तथा अपांगता भएका सय भन्दा बढि परिवारलाई प्रमाणपत्र सहित दोसल्लाले सम्मान गरिएको थियो ।

माओवादी केन्द्र तुलसीपुर नगर कमिटीका सदस्य अमर नेपाली माईकलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगरसचीव तुलसी थापाले गर्नु भएको थियो ।
माओबादी केन्द्र तुलसीपुर नगर कमिटि चयनको काम आज (शनिवार) लाई स्थगन गरिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश निर्वाचन कमिटीका संयोजक रामशरण चौधरीले जानकारी दिनुभयो । कमिटि चयनको काम भोली मध्यान्न १२ बजे देखि आरम्भ हुने संयोजक चौधरीले बताउनुभयो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्