दाङ । बबई कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत गठन भएको बबई ६ खिलतपुरको मनकामना स्वावलम्बी समुहले,दाङको चिसापानीमा रहेको मन्दिर परिसर सरसफाइ गरेको छ । समुहको अध्यक्ष निर्मला पौडेलको अध्यक्षता तथा समुहहका सबै दिदिबहिनीहरु,वडा नम्बर ६ का वडा अध्यक्ष राम बहादुर डाङी,परियोजना संयोजक हिमाल खडका,सामुदायिक सहजकर्ता दिपक परियार,चम्फा वली लगायतको उपस्थितिमा कार्यक्रम सम्पन गरिएको थियो ।
सरसफाइ कार्यक्रम पछि आफ्ना भनाईहरु राख्ने क्रममा बबई गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राम बहादुर डाङ्गिले परियोजना र परियोजना मार्फत दिईने आधारशीला तालिमले दिदिबहिनीहरुमा आएको व्यबहारीक र सामाजिक परिवर्तन तथा समुदायमा सहकार्य र एकताको भावना पैदा भएको देख्दा आफू निकै खुशी भएको धारणा व्यक्त गर्दै समुहले गरेको यो सराहनीय कार्यको खुलरे तारिफ गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा आफ्नो भनाई हरु राख्दै परियोजनाका संयोजक हिमाल खडकाले आफुहरुले दिएको तालिम पश्चात् दिदिबहिनीहरुमा आएको यो परिवर्तन बाट आफुहरु निकै खुसी भएको र यस्ता सामुहिक र सामाजिक कार्यहरूमा महिलाहरु पनि अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
त्यस्तै आफ्ना भनाई राख्ने क्रममा समुहका दिदिबहिनीहरुले परियोजनाले आफुहरुलाई विभिन्न ब्यबहारिक कुराहरुका साथै व्यवसायीक कराहरु पनि सिकाएको र हामिले नगरे कसले गर्छ भन्ने भावना जगाएकोले आफुहरु स्वतस्फूर्त रुपमा यो सामुहिक कार्यमा जुटेको र आगामी दिनहरुमा अझै राम्रो कार्यहरु गर्ने भनाई राख्नुभएको थियो ।
कार्यक्रम समुहका अध्यक्ष निर्मला पौडेलको अध्यक्षतामा सप्पन्न भएको थियो ।
सम्बन्धीत समाचार
चामल बाँडेपछि मन्त्री चौधरीलाई २५ हजार जरिवाना
चुनाबकै मुखमा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश
जित नजिक घनश्याम पाण्डेकाे प्रदेश यात्रा