हिमाल न्युज संबाददाता चतै १, सल्यान
सभ्यता एकेडेमी थारमारे सल्यानले बागचौर नगरपालिकाको व्यापारिक तथा शैक्षिककेन्द्र थारमारे बजार क्षेत्रमा सरसफाइ अभियान सम्पन्न गरेको छ ।
विद्यार्थीहरूमा किताबी ज्ञान मात्र नभएर संस्कारी, स्वाभिमानी, आफू र आफूबस्ने क्षेत्र वरपर सफा राख्नुपर्छ भन्ने भावनाको विकास गर्न र समाजप्रतिको उत्तरदायित्व बोधको विकास गराउन अभियान सञ्चालन गरिएको शिक्षक खुमराज न्यौपानेले जानकारि दिए ।
सरसफाइ कार्यक्रमलाई स्थानीय बजारबासी, व्यापारी वर्गले सकारात्मक प्रतिक्रिया दिएका थिए । साथै कार्यक्रमलाई निरन्तरता दिन अनुराध पनि गरेका थिए । विद्यार्थी पनि सरसफाइ अभियान समापन पछि आफुलाई खुशी महशुस भएको र आफ्नो घर वरपर राख्नुपर्छ भन्ने बोध अझ गहिरो रूपमा भएको प्रतिक्रिया दिएका थिए ।
विद्यालयका प्रिन्सिपल, शिक्षक र बिद्याथीको सयतामा सरसफाइ अभियान सञ्चालन गरिएको थियो ।
सम्बन्धीत समाचार
थर्कोटलाई देशमै चिनाउछौं : कोमल वली
बबईका ६ जना किसानलाई पावर टेलर वितरण
पत्रकार आजाद खडकाद्वारा उपचारका लागि सहयोग गरिदिन अपिल