सज्जिता केसी, सल्यान
मित्र प्याराडाईज सेकेन्डरी स्कुल श्रीनगर सल्यानले अभिभावक भेला सम्पन्न गरेको छ ।
विद्यायका प्रध्यानाध्यापक कमल थापाको अध्यक्षता तथा अभिभावक मन्जुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने अभिभावकले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि लागिपर्न जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै अधिकासं अभिभावकले पछिल्लो समय बालबालिका पठनपाठनमा केन्दृत हुननसकेको हुनाले त्यस्का कारणहरु पत्ता लगाउन बिद्यालयलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी अभिभावक श्रेष्ठले मित्र प्याराडाइज बिद्यालय सल्यान जिल्लामै उत्कृष्ट भएको र यस्लाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक उषा श्रेष्ठको स्वगत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक शान्त बस्नेतले गर्नु भएको थियो ।
मित्र प्याराडाइज सेकेन्डरी स्कुल सल्यान जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा स्थापित हुँदै आएको बिद्यालय हो ।
सम्बन्धीत समाचार
बबई गाउँपालिकामा जम्मा १५४१९ मत खस्यो
नेकपा ऐमाले शान्तिनगरद्वारा विभिन्न वडाहरूमा घरदैलाै कार्यक्रम सम्पन्न
पाँच बर्ष भित्र गङटेसम्मको सडक कालोपत्रे हुनेछ : भुवनेश्वर पौडेल