हिमाल खड्का, चैत्र २३ काठमाण्डौ
मनोरञ्जनको क्षेत्रमा विभिन्न डिजिटल प्ल्याटफर्महरुमा वेव सिरिजहरु हेर्न दर्शकहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न बिषयबस्तुहरुलाई आकर्षक र उत्सुकता जगाउने तरिकाले पनि प्रस्तुत गरिएकाले पनि होला अहिले एउटै वेव सिरिजका पनि थुप्रै भागहरु बन्ने गरिरहेका हुन्छन ।
पछिल्लो समय नेपाली बजारमा पनि विभिन्न वेव सिरिज बनिरहेका छन । यसै क्रममा एउटा निकै नै राम्रो बिषयबस्तु समिटिएको नेपाली वेव सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । एओन क्रीयसन प्रालिद्वारा निर्माण गरिएको नेपाली कथानक वेव सिरिज बस्तीपुरको फर्स्टलुक ट्रेलर गत सोमबार A-one Television युत्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
एओन क्रीयसन प्रालिका कार्यकारी निर्देशक अमृतमान ओलीले निर्देशन गरेको यस वेव सिरिजमा दाङको वस्तिपुर भन्ने एउटा सानो गाउँको कथालाई समेटिएकोको निर्देशक वलीले बताए ।
कमल गाउले,कुलदिप अधिकारी,अर्नवी ढुंगाना,बिरु चौधरी,झग्गु भण्डारी,हर्षिका वली,उषा दसौदी, भुलन गुप्ता लगायतका कलाकारहरुको अभिनय रहेको बस्तिपुरको कथा पटकथा झग्गु भण्डारीको रहेको छ ।
मनोज खड्काको पार्श्व संगीत,मिराज अर्यालको कलर करेक्सन, बिशाल रोका मगरको छायांकन भएको बस्तिपुरको सम्पादन,निर्माण तथा निर्देशन अमृतमान वलीले गरेका छन । वेव सिरिज युट्युव च्यानल Aone Television मा चैत्र २५ गते देखि हेर्न सकिने समेत वलीले जानकारी दिए । एओन क्रियसन प्रा लिले प्रस्तुत गरेको बस्तीपुरको निर्माणमा सहकार्य वली मोसन पिक्चर्सको रहेको छ।
सम्बन्धीत समाचार
चामल बाँडेपछि मन्त्री चौधरीलाई २५ हजार जरिवाना
चुनाबकै मुखमा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश
जित नजिक घनश्याम पाण्डेकाे प्रदेश यात्रा