रामप्रसाद सुवेदी।
चैत २३ गते । बबई गाउँपालिकाकाे वडा नम्बर ७ मा ६ दिने टाइफाइड राेग बिरुद्धकाे खाेप अभियान सञ्चालन हुने भएको छ। सरकारले दाङ सहित देशैभर आउदाे चैत २५ गतेदेखि टाइफाइड राेग बिरुद्धकाे खाेप अभियान सञ्चालन गर्दैछ यसै अवसरमा वडाकाे विभिन्न स्थानमा ६ दिन सम्म अभियान सञ्चालन गर्न लागेको आधारभुत स्वास्थ केन्द्र चरकमटियाकि प्रमुख अनमी शुशिला डाँगी तारामले जानकारी दिनुभयाे ।
बुधबार बबई गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा आधारभुत स्वास्थ केन्द्र चरकमटियाका ब्यबस्थापन समिति अध्यक्ष महावीर चाैधरीकाे अध्यक्षतामा भएको टाइफाइड खाेप सम्बन्धि वडा स्तरीय १ दिने अभिमुखिकरण तालिममा वडाकाे सरस्वती माबि चरकमटियामा चैत्र २५ गते,नवज्योति बाेर्डिङ स्कुल चरकमटियामा २७ गते देउती माबि मलै र सरस्वती प्रा.बी जलजलामा २८ गते सिद्देश्वरी आधारभुत बिधालय सिमलकुनामा २९ गते, जनज्योति प्राबी ओदालेमा ३० गते र आधारभुत स्वास्थ केन्द्र चरकमटियामा बैसाख २ गते खाेप अभियान सञ्चालन हुने जानकारी गराईएकाे थियाे ।
वडाका १५ महिना देखि १५ बर्ष उमेर समुहका १ हजार २ सय ४८ जना बालबालिकालाई खाेप लगाउने लक्ष्य रहेको र याे खाेप प्रभावकारी भएको हुदा सबैले नजिककाे खाेप केन्द्रमा गई खाेप लगाउन प्रमुख तारामले अनुराेध गर्नुभयाे । कार्यक्रममा आधारभुत स्वास्थ केन्द्र चरकमटियाका ब्यबस्थापन समिति पदाधिकारी, महिला स्वास्थ स्वयंसेविका बुद्धिजीवी पत्रकार लगायतको उपस्थिति रहेको थियाे ।
सम्बन्धीत समाचार
चामल बाँडेपछि मन्त्री चौधरीलाई २५ हजार जरिवाना
चुनाबकै मुखमा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश
जित नजिक घनश्याम पाण्डेकाे प्रदेश यात्रा