रामप्रसाद सुवेदी ।
दाङ चैत ३० गते । साहित्यिक चौतारी नेपालकाे आयाेजनामा शुभकामना आदानप्रदानसँगै रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। साहित्यिक चौतारी नेपाल केन्द्रिय अध्यक्ष गीता भण्डारीकाे सभापतित्व,नेपाल प्रज्ञा- प्रतिष्ठानका सदस्य सचिव एवं दर्शन शास्त्र विभागका प्रमुख, जगत्प्रसाद उपाध्यायकाे प्रमुख आतिथ्यता एवम् विश्व नेपाली साहित्य महासंघका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी र गायिका कविता आलेकाे विशिष्ट आतिथ्यतामा भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न भएको हाे ।
साहित्यिक चौतारी नेपालकाे गीतबाट सुरु भएको कार्यक्रममा इन्जिनियरिङ साहित्य सञ्जालकाल अध्यक्ष सागर अधिकारी, झरना साहित्यिक परिवारका अध्यक्ष, दीपक गौतम,वरिष्ठ साहित्यकार कलानिधि दाहाल, साधना साहित्य मञ्चका अध्यक्ष असन्तुष्ट जलन लगायतकाले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रममा साहित्यिक चाैतारी नेपालका ३३ वटा शाखा,उपशाखा अनि ईकाई कमिटीका अध्यक्ष र सचिवकाे सहभागिता रहेको थियाे ।
कार्यक्रममा नयाँ वर्ष विशेष रचना वाचनसँगै शुभकामना आदानप्रदान गरिएको थियाे । साहित्यिक चौतारी नेपालका महासचिव रामप्रसाद सुवेदीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमकाे सहजीकरण सचिव राेशन तिमल्सिनाले गर्नुभएको थियाे ।
सम्बन्धीत समाचार
बबई गाउँपालिकामा जम्मा १५४१९ मत खस्यो
नेकपा ऐमाले शान्तिनगरद्वारा विभिन्न वडाहरूमा घरदैलाै कार्यक्रम सम्पन्न
पाँच बर्ष भित्र गङटेसम्मको सडक कालोपत्रे हुनेछ : भुवनेश्वर पौडेल