दाङ । नेकपा एमालेको बबई कमिटिको अध्यक्षमा टंकराज विश्वकर्मालाई चयन गरिएको छ । आज बसेको नेकपा एमाले बबई सचिवालय कमिटी को बैठकले यस अघिका पार्टी अध्यक्ष जित बहादुर वलीलाई कारबाही गरि विश्वकर्मालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । निवर्तमान अध्यक्ष वलीले स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको टिकट नपाएपछी पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा गएको घोषणा गरे लगत्तै एमालेले उनलाई कारबाही पनि गरेको छ ।
त्यस्तै बैठकले टंकराज विश्वकर्माको संयोजकत्वमा चुनाव प्रचार कमिटी गठन गरेको छ भने भोलीदेखी नै सम्पुर्ण वडाहरुमा बैठक बसि चुनावी गतिविधिहरु संचालन गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धीत समाचार
बबई गाउँपालिकामा जम्मा १५४१९ मत खस्यो
नेकपा ऐमाले शान्तिनगरद्वारा विभिन्न वडाहरूमा घरदैलाै कार्यक्रम सम्पन्न
पाँच बर्ष भित्र गङटेसम्मको सडक कालोपत्रे हुनेछ : भुवनेश्वर पौडेल