रामप्रसाद सुवेदी।
हापुरे बैशाख १८ गते । नेकपा एमाले बबई गाउँ कमिटीले आसन्न स्थानिय तह निर्वाचनलाई लक्षित गरेर घर दैलाे अभियानलाई त्रिब्रता पारेका छन्। नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उमेद्वार भुबनेश्वर पाैडेल उपाध्यक्ष पदिकि उमेदवार सावित्री बिश्वकर्मा सात वटै वडाका वडाअध्यक्ष सहित ५ अै जनाकाे टाेली जनताकाे घरदैलोमै पुगेर मत मागेका हुन् ।घरदैलोमा नेकपा एमालेमा आस्था राख्नेहरुकाे उत्साहजनक सहभागीता रहेको थियाे ।
यसैबीच नेकपा एमाले बबई गाउँपालिका वडा नम्बर ५ ले वडाका विभिन्न स्थानमा घरदैलो गरेकाे छ। वडाकाे धन्खन्नेबाट सुरु भएको घर दैलाे अभियान पुर्वहापुरे, हापुरे बजार डुम्रीगैरा,पदमपुरका सबै क्षेत्रमा मतदाताकाे घरघरमा पुगेर मत माग्दै वडा नम्बर ५ काे वडा कार्यालय परिसरमा आएर काेण सभामा परिणत भएको थियाे ।
घर दैलाे अभियानमा नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उमेद्वार भुबनेश्वर पाैडेल उपाध्यक्ष पदिकि उमेदवार सावित्री बिश्वकर्मा वडा अध्यक्ष पदका उमेदवार धनसिंङ खत्री, खुला सदस्य पदका उम्मेदवारहरु रुद्र सिङ गाहा मगर, भिम बहादुर खड्का महिला सदस्य पदकि उमेदवार नाेखि डाँगी र दलित महिला सदस्य पदकि उमेदवार साबित्रा सुनारले सबै क्षेत्रमा मतदाताकाे घरघरमा पुगेर मत मागेका थिए। घरदैलो अभियान निरन्तर चल्ने बताईएकाे छ।
सम्बन्धीत समाचार
बबई गाउँपालिकामा जम्मा १५४१९ मत खस्यो
नेकपा ऐमाले शान्तिनगरद्वारा विभिन्न वडाहरूमा घरदैलाै कार्यक्रम सम्पन्न
पाँच बर्ष भित्र गङटेसम्मको सडक कालोपत्रे हुनेछ : भुवनेश्वर पौडेल