July 1, 2022

Himal News

Nepali News Portal

काङ्ग्रेस उम्मेदवारद्वारा मतदाताको पाउमा पैसा चढाउदै भोट माग्दै ।।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भोट माग्नका लागि उम्मेदवारले मतदाताको पाउमा दाम चढाईरहेको पाइएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १० मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर मागिरहेको खुलेको हो । चुनाव प्रचारप्रसारका लागि घरदैलो अभियानमा लागेका खनालले पैसा चढाउदै भोट माग्दै गरेको त्यहाँका स्थानीयले बताएका छन ।
हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थाहा पाएपछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउदै बिरोध गरेका छन ।

स्रोत न्युज२४ नेपाल

 

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्