रामप्रसाद सुवेदी ।
हापुरे,असाेज ३१/ आधुनिक कृषिका लागि कृषि सामाग्रीको महत्त्वपूर्ण आवश्यकता रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । बबई सामाजिक उद्धमी महिला सहकारी हापुरले साेमबार आयाेजना गरेकाे कृषि उपकरण पावर टेलर वितरण कार्यक्रमका बाेल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बबई गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल संगको समन्वयमा बबई सामाजिक उद्धमी महिला सहकारी हापुरले किसानकाे ५० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ५० प्रतिशत लगानिमा बबईका विभिन्न स्थानका ६ जना किसानहरुलाई पावर टेलर वितरण गरेकाे बताईएकाे छ ।
बबई सामाजिक उद्धमी महिला सहकारीका अध्यक्ष हिरा नेपालीकाे अध्यक्षता,बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीकाे प्रमुख आतिथ्यता तथा बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्काकाे बिशिस्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष हर्क बहादुर श्रीस मगर, वडा नम्बर १ का वडाध्यक्ष प्रेम बहादुर डाँगी, बबई गाउँपालिका पशु शाखा प्रमुख श्याम प्रकाश चाैंधरी,लगायले बाेल्नुभएकाे थियाे ।
बबई सामाजिक उद्धमी महिला सहकारी हापुरका सचिव जानकी खड्काकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण बबई कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना संयाेजक हिमाल खड्काले गर्नुभएको थियाे ।
सम्बन्धीत समाचार
चामल बाँडेपछि मन्त्री चौधरीलाई २५ हजार जरिवाना
चुनाबकै मुखमा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश
जित नजिक घनश्याम पाण्डेकाे प्रदेश यात्रा