तुलसीपुर । नेकपा एमालेबाट दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख का प्रदेश सभा सदस्य पदका उमेदवार हुकुम बस्नेतले स्वर्गीय प्रदेश सांसद उत्तर कुमार वलीले देखाएका बाँकी सपना आफुले पुरा गर्ने बताउनुभयो । आगामी मंसीर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनको क्रममा शान्तिनगर ४ मा भएको घरदैलो कार्यक्रममा मतदाताहरु संग भोट माग्दै वलीका अधुरा सपना आफुले पुरा गर्ने बताउनुभयो । पश्चिम दाङको विकास र समृद्धिका लागी ठुलाठुला सपना देख्ने वलीको सवारी दुर्घटनामा परी भएको अकल्पनिय मृत्युले धेरै क्षति पुगेको उहाले बताउनुभयो । अब वलीले देखेका सपनालाई आफुले पुरा गर्ने उहाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गिधनिया, खड्कपुर, पोटली,जुम्लेकुला लगाएतका विभिन्न ठाउँ भएका घरदैलो कार्यक्रममा उहाले खानेपानी, सडकस्तरोन्नती र भमकेखोला, एकलीखोलामा पुल निर्माणको लागी पहल गर्ने उहाले बताउनुभयो । यस्तैगरी पोटली,खड्कपुर देखी सुन्दरादेवी जाने सडक स्तरोन्नती गर्ने उहाले बताउनुभयो । स्थानिय मतदाताहरुले राखेका मागलाई सम्वोधन गर्ने आश्वासन दिदै उहाले चुनाव जितेमा यस क्षेत्रका विकासका लागी कुनै कन्जुस्याई नगर्ने बनाउनुभयो । विद्यालय र स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण देखी शिक्षा,स्वास्थ्य सेवा र युवा स्वरोजगारलाई पहिलो प्राथमिकता दिने उहाले बताउनुभयो । एमाले जिल्ला कमिटिका अध्यक्ष समेत रहनु भएका बस्नेतको चुनावी एजेण्डा प्रति स्थानिय मतदाताहरु आशाबादी देखीएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धीत समाचार
चामल बाँडेपछि मन्त्री चौधरीलाई २५ हजार जरिवाना
चुनाबकै मुखमा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश
जित नजिक घनश्याम पाण्डेकाे प्रदेश यात्रा