तुलसीपुर,१ मंसिर । कहिल्यै नहार्ने छवि बनाएका घनश्याम पाण्डे अहिले पनि जित निकाल्ने दौडमा छन् । २०५३ सालमा २३ वर्षमै उपमेयर निर्वाचित भएर मुलुकमै चर्चा कमाउन सफल पाण्डेले त्यतिबेला गरेका काम निकै लोकप्रिय भएका थिए । त्यही लोकप्रियताले २०७४ सालमा पनि कांग्रेसको गढ मानिने तुलसीपुरबाट मेयरमा विजयी भए । त्यो विजयी उनको अलोकप्रियताको उपज नै थियो । उनी विजयी भएपछि पनि धेरै लोकप्रिय कार्य भए । भिजन भएका नेता पाण्डेले तुलसीपुरलाई स्मार्ट बनाउने योजना बनाए र त्यो अनुसार शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, खरसाङलगायतका थुप्रै क्षेत्रमा राम्रा काम भए । यिनी राम्रा काम गरेका पाण्डे अहिले प्रदेशसभा सदस्य दाङ ३ (१)का उम्मेदवार छन् ।
जनतामाझ लोकप्रिय छवि बनाएका पाण्डे अहिले पनि जित निकाल्ने दाउमा छन् ।‘जनता साथमै छन्, मैले उपमहानगरपालिका प्रमुख हुँदा सबै जनताको भावना अनुसार काम गरेँ, सबै जनतासँग भेँटे”, उनले भने‘ त्यही नै मेरो जित्ने आधार हो ।’ गाउँगाउँमा जाँदा पनि धेरै जनताले आफूबाट अपेक्षा गरेको उनी बताउँछन् । स्थानीय तहको मतपरिणाम अनुसार पनि एमाले अगाडि नै देखिन्छ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । त्यस्तै दाङ ३(१)मा पर्ने ११ वटा मध्ये पाँच वटा वडा एमालेले जितेको छ । आफूले जितेका वडाहरुमा अत्याधिक मत प्राप्त भएको छ, भने हार ब्यहोरेका वडाहरुमा पनि कडा प्रतिस्पर्धा नै छ । त्यसैले अहिले हारेका वडाहरुबाट समेत एमालेले लिड गर्ने कांग्रेसकै एक नेताले नाम नबताउने सर्तमा बताए ।
पाण्डेका प्रतिस्पर्धी डिल्ली चौधरी थारु समुदायको भएपनि लामो समय संसदमा पुगे । उनी यस अघि दुई पटक सांसद र दुई पटक मन्त्री भइसके । तर, थारु समुदायका सोझा जनतालाई झुक्याउने मात्रै गरे । उनी ‘हुन्छ बहादुर’ मा मात्रै सीमित भए । हुन्छ–हुन्छ, भन्ने तर, केही नगर्ने नेताका रुपमा स्थापित भए । भुह्यारथानका नाममा ल्याएको बजेट आफूले कुम्ल्याउने र आफ्नो घरमा तला थप्ने काम मात्रै गरे । त्यति मात्रै गरेनन्, उनले संस्कृति र पर्यटनका नाममा आएको बजेट आफ्नो चखौरामा खन्याए र त्यहाँ संरचना बनाए ।
उनले चखौरामा थारू संग्राहलय नामक कमाउ धन्दा चलाए । थारूका संस्कार संस्कृतिलाई बेचेर आफूले पैसा कमाउने माध्याम बनाए । त्यसले गर्दा पनि थारू समुदाय रुष्ट छ । पटक–पटक डिल्लीलाई भोट हालेका काँग्रेस निकट थारू अगुवा डल्ले चौधरीले अहिले भने भोट हाल्दा सोँच्ने बेला आएको बताए । उनले अब डिल्लीको विकल्प खोज्नु पर्ने समेत बताए । अब प्रदेशमा नयाँ अनुहार घनश्याम पाण्डेलाई जिताउन समेत सबै चौधरी समुदायलाई अनुरोध गरे ।
सम्बन्धीत समाचार
चामल बाँडेपछि मन्त्री चौधरीलाई २५ हजार जरिवाना
चुनाबकै मुखमा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश
आईएमवीथ कोमल वलि र घनश्याम पाण्डे भन्दै बजार परिक्रमा