तुलसीपुर १, मंसीर । नेकपा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमालेले तुलसीपुर ४ रक्षाचौरमा आयोजना गरेको चुनावी सभा तथा पाटी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका हस्त बहादुर वलीको नेतृत्वमा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । लामो समय देखी माओवादी केन्द्रमा क्रियाशिल हुदै आउनु भएका वलीको नेतृत्वमा छोटी वली, दलविर वली एमालेमा प्रवेश गर्नुभएको हो ।
पछिल्लो समय नेकपा माओवादी केन्द्रले आफनो सिद्धान्त विपरित गतिविधि गर्न थाले पछि आफु एमालेमा प्रवेश गरेको उहाले बताउनुभयो । राष्ट्र र जनताको हितको पक्षमा काम गर्ने पाटी एमाले भएकाले आफु सहित अरु साथीहरु एमालेमा प्रवेश गरेको उहाले बताउनुभयो । नवप्रवेशीहरुलाई एमालेका केन्द्रिय सदस्य तथा दाङ निर्वाचन क्षेत्र नम्वर ३ कका प्रदेश सभा सदस्य पदका उमेदवार घनश्याम पाण्डेले खादा र टिका लगाएर स्वागत गर्नुभएको थियो ।
उनीहरुलाई पाटी प्रवेश गराउदै उमेदवार पाण्डेले एमाले प्रति जनलहर बढ्र्दै गएको बताउनु भएको छ । देशभर एमाले प्रति जनताको साथ मिल्दै गएको बताउदै उहाले जनभावना अनुसार आफुहरुले काम गर्ने बताउनुभयो । आफुहरुले जहिले पनि जनताको समृद्धि र राष्ट्रको हितको पक्षमा रहेर काम गर्ने उहाले बताउनुभयो । सुखी नेपाली,समृद्ध नेपालको संकल्प गर्ने पाटी भनेकै एमाले हो उहाले भन्नुभयो, हामीले विकास गरेर देखाउँछौ ।तुलसीपुरमा आफनो पाँच बर्षे कार्यकालमा थुप्रै काम भएको बताउदै उहाले एमाले संग एक्लै चुनाव लड्ने आट नभएर कांग्रेस, माओवादी लगाएत पाँच दलले गठबन्धन गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धीत समाचार
चामल बाँडेपछि मन्त्री चौधरीलाई २५ हजार जरिवाना
जित नजिक घनश्याम पाण्डेकाे प्रदेश यात्रा
आईएमवीथ कोमल वलि र घनश्याम पाण्डे भन्दै बजार परिक्रमा