January 29, 2023

Himal News

Nepali News Portal

चामल बाँडेपछि मन्त्री चौधरीलाई २५ हजार जरिवाना

काठमाडौ । निर्वाचन आयोगले बहालवाला दुई जना मन्त्रीलाई जरिवाना गराउने निर्णय गरेको छ । आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई ५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको हो ।

बाढी पीडितलाई चामल बाँडेपछि आयोगले शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो । मन्त्री चौधरीले व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी शीर्षकको समाचार र सामाजिक सञ्जालमा आएका विषयमा मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो ।आचारसंहिता विपरीत वितरण गरेको भन्दै आयोगले २५ हजार रुपैयाँ जरिवाना गराएको आयोगले जनाएको छ ।

यस्तै आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको भन्दै मन्त्री खापुङलाई आयोगले ५ हजार जरिवाना लगाएको हो । उनले वैद्य खानाका डा. श्यामबाबु यादवको सरुवा गरेका थिए । निर्णय प्रक्रियामा सहभागी सचिवलाई विभागीय कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाउने आयोगले निर्णय गरेको छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्

तपाईले छुटाउनु भयो की ?