कमल पोख्रेल
३० जेष्ठ, दाङ । कोरोना व्यवस्थापनमा सरकार प्रभावकारी, संवेदनशील र जवाफदेही भएर अघि बढ्न नसकेको साथै पिसिआर टेस्टकाे वृद्धि र सुरक्षित क्वारेन्टाइनको व्यवस्थापनमा सरकारको ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउन दाङको तुल्सिपुरमा युवाहरूको एक समुहले शान्तिपुर्ण बिरोध प्रदर्शन गरेको छ । `इनफ इज इनफ´तुल्सिपुर दाङ फेसबुक ग्रुप निर्माण गरेर युवाहरूले एकताबद्धरुपमा तुल्सिपुरको बिपी चोकमा शुक्रबार प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा ‘नेताको घरमा मासु जनतालाई सधै आँसु, कुर्सी मुनि कार्पेट कार्पेट मुनि जनता, झुटो आशले एक मुठी सास बच्दैन लगाएतमा प्लेकार्ड बोकिएको थियो। यो अभियान राजनीतिक नभई स्वतन्त्र युवाहरूको खबरदारी स्वरूप गरिएको प्रदर्शन भएको उक्त समूहले बताएको छ ।
सम्बन्धीत समाचार
बबई गाउँपालिकामा जम्मा १५४१९ मत खस्यो
नेकपा ऐमाले शान्तिनगरद्वारा विभिन्न वडाहरूमा घरदैलाै कार्यक्रम सम्पन्न
पाँच बर्ष भित्र गङटेसम्मको सडक कालोपत्रे हुनेछ : भुवनेश्वर पौडेल