October 20, 2020

Himal News

Nepali News Portal

कोरोनाको नयाँ रेकर्ड, विश्वमा एकै दिन २ लाख ३० हजारभन्दा बढिमा सन्क्रमण

२९ असार काठमाडौ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आइतबार कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको जनाएको छ। रोयटर्समा प्रकाशित सामाचारका अनुसार आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय ७० संक्रमित फेला परेपछि नयाँ रेकर्ड कायम भएको हो। थपिएका धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट रहेका छन्।

यसअघि जुलाई १० मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए। सो दिन २ लाख २८ हजार १ सय २ जना संक्रमित फेला परेका थिए। मृतक संख्या भने ५ हजारमा स्थिर रहेको छ। पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ । यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ६५ हजार पार भएको छ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्